बेलायतमा आम निर्वाचनको मतदान सुरु
बेलायतको आमनिर्वाचनमा मतदान गर्नका लागि बिहीवार मतदान केन्द्रहरू खुलेका छन् ।
स्थानीय समयअनुसार बिहान ७ बजे देशभरिका ४० हजार मतदानकेन्द्रमा मतदान शुरु भएको छ । मतदान राति १० बजे बन्द हुनेबित्तिकै गणना शुरु भइहाल्नेछ ।
बेलायती संसद् वेस्टमिन्स्टरका ६५० सांसद यो निर्वाचनबाट छानिनेछन् । बेलायतमा चार करोड ६९ लाख मतदाता छन् ।
हुलाकबाट मतदान भइसकेका छन् । सन् २०१५ को आमनिर्वाचनमा १६.४ प्रतिशत मतदाताले हुलाकबाट मतदान गरेका थिए ।
त्यतिखेरको आमनिर्वाचनमा कन्जर्भेटिभहरूले ६५० मध्ये ३३१ सीट जितेका थिए ।
केही सीटको मतपरिणाम मध्यरातमा घोषणा हुने अपेक्षा छ भने अन्तिम परिणाम शुक्रवार मध्याह्नसम्म आइसक्नेछ ।
बीबीसीबाट