पाचँ बर्षे एकिकृत बिकास परियोजनाको सम्झौतामा हस्ताक्षर
अर्कना खातुन
कठमाण्डौ, २५ बैशाख । अरब मुलुकको सबैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको कतारको सामाजिक संस्था कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालबिच पाँच बर्षे एकिकृत बिकास परियोजना सम्झौतामा बुधबार समाज कल्याण परिषद लैनचौरमा हस्ताक्षर भएको छ। पाचँ वर्षे बिकास परियोजना सम्झौतामा कतार च्यारिटीबाट कन्ट्रि डाइरेक्टर मुहम्मद तैमुर साकिब र समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टले हस्ताक्षर गरेका हुन्।
सो परियोजनामा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खानेपानी, जिविकोपार्जन, र उद्यमशिलताका कार्यक्रमहरु रहेको कतार च्यारिटीका कन्ट्रि डाइरेक्टर मुहम्मद तैमुर साकिबले बताए । र यसको लागि युवाहरुलाई सिपमुलक तालिम दिएर क्षमतम बिकास गर्ने मुख्य उदेश्य रहेको छ ।
साथै स्वरोजगार र उद्यमशिलताका लागि साना तथा मझौला व्यवसाय स्थापनामा सहयोग गर्ने । स्वास्थ्य, सरसफाई तथा खाने पानी परियोजनाले आवश्यक्ता बमोजिम संस्थागत तथा घरायसी खाने पानीका सुविधाहरुमा सहयोग पुर्याउने उद्देश्यका साथ अगाडि बढेका छौ, कतार च्यारिटीका डाइरेक्टर साकिबले बताए।
अरब मुलुकको गैह्र सरकारी संस्था नेपाल बिधिवत रुपमा सरकार संग अनुमति लिएर काम गर्न लागेको यो पहिलो संस्था रहेको परिषदले जनायो । कतार च्यारिटीका परियोजना व्यवस्थापक इर्शाद शेखले यो परियोजना शैक्षिक संस्थामा सुरक्षित र स्वस्थ वातावरणका लागि केन्द्रित रहेको जानकारी दिए ।
कतार च्यारिटीको सामुदायिक पुर्वाधार विकासका कार्यक्रमहरुले शिक्षा तथा स्वास्थ्य क्षेत्रको सम्पन्नताका लागि बिशेष ध्यान दिने छु च्यारिटीका व्यवस्थापक शेखले भने। गुणस्तरिय शिक्षाको लागि गरिब तथा जेहेन्दार विद्यार्थी तथा अनाथ बालबालिका लागि छात्रवृति प्रदान गरि शैक्षिक क्षेत्रको विकासमा सहयोग समेत गर्ने उनले बताए।

अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना बिकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।