विदेश

म्यानमारमा विमान दुर्घटनाः उनान्तीस शव भेटिए

म्यानमारमा विमान दुर्घटनाः उनान्तीस शव भेटिए

जेठ २५ । म्यानमारको सेनाको विमान दुर्घटना हुँदा समुद्रमा हराएका मध्ये २९ जनाको शव भेटिएको त्यहाँको रक्षामन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयद्धारा जारी वक्तव्यमा दुर्घटनाग्रस्त विमान र ती शवहरु खोज्नका लागि नौसेना तथा स्थानीय माझीहरु लगायतलाई परिचालन गरिएको उल्लेख छ ।

भेटिएका मध्ये एक पुरुष र २० माहिला र ८ बालबालिकाको शव रहेको जनाइएको छ । बाँकीको खोजी कार्य जारी रहेको वक्तव्यमा भनिएको छ ।

myanmar plane crash

विशेष