विदेश

अफगानस्तानमा छ तालिवान मारिए

अफगानस्तानमा छ तालिवान मारिए

जेठ २५ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अवस्थित इमान सहिब जिल्लामा अफगान सैनिकले जारी राखेको कारबाहीमा परी कम्तीमा छ तालिवान आतङ्ककारी मारिएका छन् ।

कारबाहीका क्रममा दुवै तर्फबाट फायरिङ् र झडपहरु भएका थिए । यस कारबाहीका क्रममा अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ ।

इमाम सहिब जिल्ला उत्तरी क्षेत्रमा सैनिक कमाण्डोद्धारा गत राति गरिएकोे कारबाहीमा परी ती सशस्त्र आतङ्ककारी मारिनुको साथै अन्य आठ जना घाइते भएका सैनिक अधिकारी अब्दुल खालिलले बताएका छन् ।

ताजिकिस्तानको सीमा क्षेत्रमा पर्ने यस इमाम सहिब सहरमा तालिवान आतङ्ककारी समूहले कब्जा र आक्रमण गर्दै आएको हुनाले त्यहाँ हत्या हिंसाका घटना हुदै आएको छ ।

बिगतका केही महिनादेखि जारी यस झपडको क्रममा दुई हजार भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

Afghanistan

विशेष