मासुमा ढुसी किरा
जेठ २५ । संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रांगाभैसीका मासु अस्वस्थ तरिकाले बेचिरहेका फेला पारेको छ ।
आपुर्ति ब्यवस्थापन उपभोक्तासहित संरक्षण विभागको संयोजकत्वमा पशु सेवा, विभाग, प्रहरी, उपभोक्ताकर्मी र सञ्चारकर्मी सहितको अनुगमन टोलीले बाधशाला र कोल्डस्टोर अत्यन्त फोहोर हुनुको साथै मासुमा किरासमेत फेला पारेको हो ।
भक्तपुर चारदोवाटोमा रहेको काठमाडौं कोल्ड स्टोरमा अनुगमन गर्दा बारिबाट हेर्दा सफा देखिए पनि कोल्डस्टोरमा सडेको खसीको मासु भेटिएको हो ।
कान्तिपुर