मतदान केन्द्रको अनुगमन

जेठ २६ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका विभिन्न मतदान केन्द्रको अनुगमन सुरु भएको छ । निर्वाचनमा भयरहित वातावरण, मतदाता शिक्षा, तथा आवश्यक तयारी लगायतका विषयमा नियमित अनुगमन गर्न लगिएको हो ।
प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको संयोजकत्वमा बिहीबार खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका मतदान केन्द्रको अनुगमन गरिएको छ । मतदान केन्द्र बर्सातले समेत असर नपर्ने गरी मतदान केन्द्र व्यवस्थित गर्ने पहल भइरहेको पन्थले बताए ।
anugaman