विदेश मुख्य समाचार

कुटनीतिक सम्बन्ध बिच्छेद भोगेको कतारलाई इरानको सहयोग

कुटनीतिक सम्बन्ध बिच्छेद भोगेको कतारलाई इरानको सहयोग

जेठ २६ इरानले कतारलाई आयातनिर्यातका लागि आफ्नो दक्षिणी बन्दरगाहहरू प्रयोग गर्न दिने भएको छ । कतारका अरब छिमेकीहरूले उसलाई एक्ल्याएपछि इरानले उसलाई यो सहयोग गरेको हो ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले यसको घोषणा गरेका हुन् । इरानले दोहालाई आफ्ना तीनवटा बन्दगरगाह प्रयोग गर्न दिने भएको छ ।

यसबाट कतारले आफूलाई चाहिने सबै मालमत्ता आयात गर्न सक्नेछ ।

साउदी अरब, इजिप्ट, युएई र बहराइनले आफूमाथि लगाएको प्रतिबन्ध सामूहिक सजाय भएको भन्दै शेख मोहम्मदले चिन्ता व्यक्त गरे ।

‘हामीहरू सफल र प्रगतिशील भएकाले एक्ल्याइयौं । हामी शान्तिको वाहक हौं, आतंकवादको होइन,’ उनले पत्रकारहरूलाई बताए ।

कतारले लगभग सबै सामान आयात गर्छ तर शेख मोहम्मदका अनुसार नाकाबन्दी लगाउने मुलुकहरूबाट १६ प्रतिशत सामान मात्र कतार भित्रिने गरेको छ ।

इरानको एक मालवाहक विमानले कतारमा खानेकुरा आपूर्तिका लागि बिहीवार उडान भरेको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।

एजेन्सी

विशेष