News

मोटरसाईकल दुर्घटनामा नेपाली सेनाको ज्यान गयो

मोटरसाईकल दुर्घटनामा नेपाली सेनाको ज्यान गयो

जेठ २६ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको आम्बासा नजिक मोटरसाईकल दुर्घटना हुँदा एक जना नेपाली सेनाको ज्यान गएको छ । एक जना घाईते भएका छन् ।

आम्बासाबाट कर्णाली चिसापानी तर्फ जाँदै गरेको भे ४ प ५०६७ नम्मरको मोटरसाईकल बर्दिया निकुञ्ज भित्र पर्ने आम्बासा नजिक खैरीमा दुर्घटना हुँदा दार्चुला राप्लाका अनिल बुढा क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बिहिवार राति १ बजेतिर दुर्घटना परी घाईते भएका दुबैलाई उपचारका लागि भुरीगाउँ तर्फ ल्याईँदै गर्दा अनिलको ज्यान गएको बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

बैतडी शिवनाथ २ का रबिन्द्र धनाडी घाईते भएको प्रहरीले जनाएको छ । घाईते धनाडीलाई मेडिकल कलेज कोहलपुर लगिएको छ । नरसिँह दल गण सुर्खेतमा नेपाली सेनाको प्युठ दर्जामा कार्यरत दुबै जना स्थानिय चुनाव सुरक्षाका लागि बर्दिया खटिएका थिए ।

nepali sena dies

विशेष