News

दाङमा चुनावी रौनक बढ्दै

दाङमा चुनावी रौनक बढ्दै

जेठ २६ । दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी रौनकता बढ्दै गएको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको दाङमा चुनावी रौनकता बढ्दै गएको हो ।

प्रमुख दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न कार्यक्रम गर्दै आएका छन् । दाङको तुलसीपुर, घोराही, लमही र गाउँपालिकामा आ–आफ्नो पक्षमा मत माग्न दलहरु मतदाता घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिव्र पारिएका छन् ।

उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख एव्म उपप्रमुख पदमा उम्मेदवारको टुंगो नलगाएपनि नेपाली काँग्रेसले प्रचारप्रसार अभियानलाई तिव्र पारिएको छ । नेकपा (एमाले)ले घोराही उपमहानगरपालिकाका प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)ले घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेसुराम भण्डारी र उपप्रमुखमा सीता ओलीलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारको टुंगो लगाए, नलगाए पनि प्रमुख दलहरुले अहिले गाउँगाउँमा चुनावी सभाको आयोजना गर्दै घरदैलो कार्यक्रममा व्यस्त भएको देखिन्छ । लामो समयसम्म हुन नसकेको स्थानीय तहको चुनाव हुन लागेकोमा सर्वसाधारण जनता उत्साहित भएका छन् ।

विभिन्न दलका चुनावी गीतले बजार गुञ्जिरहेका छन् भने प्रत्येक राजनीतिक दलका घरघरमा पार्टीका झन्डा फराइरहेका छन् ।

dang

विशेष