News

पन्ध्र दिनदेखि बेपत्ता भएकी साह मृत अवस्थामा फेला

पन्ध्र दिनदेखि बेपत्ता भएकी साह मृत अवस्थामा फेला

जेठ २६ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित आँखा अस्पताल अगाडि बस्दै आएकी शान्तिकुमारी साह बेपत्ता भएको १५ दिनपछि आज मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साहलाई आज(शुक्रबार) बिहान गाईघाट स्थित आँखा अस्पताल अगाडि सडकखण्डको नालीमा मृत अवस्थामा भेटिएको हो ।

साह हराएलगत्तै साहका बुबा जयनारायण साहले प्रहरीमा १५ दिन अगाडि नै खोजी गरी पाउँ भनेर उजुरी दिएपछि शान्तिको खोजी कार्य हुँदै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताए ।

प्रहरीका अनुसार साहको हत्या भएको हुनसक्ने भएको कारण साहकै आफन्त तीन जनालाई पक्राउ गरेर अनुसन्धानसमेत सुरु गरिएको प्रहरीले बताएको छ ।

तीन वर्षअघिनै साहको तराईमा विवाह भइसकेको तर श्रीमान् भारतमा बस्दै आएको कारण शान्ति गाईघाट माइतमा बसेर नै गाईघाट आँखा अस्पताल अगाडि चटपटे तथा क्राँक्रा फलफूल बिक्री गरेर जीवनयापन गर्दै आएकी थिइन् ।

Death

विशेष