बग्दाद आत्मघाती विष्पोटमा बीस जनाको मृत्यु

जेठ २६। इराकको दक्षिणी बग्दादमा पर्ने मुसायीब शहरमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम तथा सुरक्षाश्रोतले जनाएका छन् ।
एक जना हमलाकारीले मुसायीब शहरमा आत्मघाती विस्फोट गराउदा २० जना आम नागरिकले शाहदत प्राप्त गरेका गृह मन्त्रालयका एक जना प्रवक्ताले जनाएका छन् ।
राजधानी बग्दाद देखि झण्डै ६० किलोमिटर दक्षिण तर्फ पर्ने ठाँउमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ३४ जना घाइते भएको स्थानीय प्रहरी अधिकारी र अस्पतालका स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।
घाइते मध्ये चार जनालाई गम्भीर चोट लागेको स्वास्थ्यकर्मीहरुको भनाई छ । घटना स्थानीय समय अनुसार विहान ११।३० मा भएको थियो ।
दक्षिण पश्चिममा पर्ने अर्को शहर कार्बालाको सिया समुदायकोे पवित्र धार्मिकस्थल आक्रमणको प्रयास विफल भएको एक घण्टापछि मुसायीबमा आक्रमण भएको हो ।
शहरमा प्रवेश गर्ने बसपार्कमा शुक्रबार विहानै भएको सो आत्मघाती हमलामा परी चार जना घाइते भएको प्रहरी श्रोतले जनाएको छ । दुवै घटनाको ईस्लामिक स्टेट ९आईएस० जिहादी समुहले उसको प्रचार गर्ने निकाय अमाक एजेन्सी मार्फत् जिम्मेबारी लिएको छ ।
आईएस लडाकुहरुले मुस्लीम समुदायको एक महिने व्रत रमजान सुरु भएदेखि सर्वसाधारणलाई लक्षित गरी आक्रमणलाई अझै तीव्रता दिन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रमजान सुरु भएको केहीदिन पछि मे ३० तारिखका दिन बग्दादको मध्यभागमा रहेको एउटा आइसक्रिम पसलमा भएको हमलामा ४० भन्दा बढीको मृत्यु भएको थियो ।
bomb blast