विदेश

कम्बोडियाले श्रीलङ्कालाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

कम्बोडियाले श्रीलङ्कालाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

जेठ २६ । कम्बोडियाले श्रीलङ्कामा बाढी पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई १ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने शुक्रबार जानकारी दिइएको छ ।

शुक्रबार कम्बोडियाका प्रधानमन्त्री सम्डेच टेचो हुन सेनले आफ्ना समकक्षी रनील विक्रमासिङ्गेलाई पठाउनु भएको सन्देशमा यस प्रकोपको सङ्कटकालीन सहयोग पठाइएको जानकारी दिएका छन् ।

साथै उनले सो सन्देशमा यस बाढी पहिरोमा ज्यान गुमाउने व्यक्तिको परिवारहरुप्रति समवेदना पनि प्रकट गरेका छन् ।

कम्बोडियाली सरकार र जनताको तर्फबाट यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिका परिवारलाई गहिरो समवेदना प्रकट गरेको पनि उनले आफ्नो सन्देशमा बताएका छन् ।

गत मे २६ बाट श्रीलङ्कको पश्चिम र मध्य प्रान्तहरुमा आएको बाढी पहिरोको कारण हालसम्म कम्तीमा २११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ वेपत्ता भएका छन् ।

यस प्रकोपको कारण पाँच लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । साथै बाढी पहिरोबाट नागरिकको भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको समाचारमा जनाइएको छ ।

combodia and srilanka

विशेष