विदेश मुख्य समाचार

कतार संकटको कारण, दुई मुसलमानको टक्कर

कतार संकटको कारण, दुई मुसलमानको टक्कर

जेठ २६ – कतारको राजनीतिक संकट को तार इरान र साउदी अरबबीच कयौं सालबाट जारी दुश्मनीसँग जोडिएको छ ।
साउदी अरबले कतारसँग राजनीतिक सम्बन्ध तोड्ने कदम कतारका अमीर शेख तमीम बिन हमद अल थानी को विवादास्पद टिप्पणी को आधारमा उठाएका हुन् । जो कथित रुपमा इरानको पक्षमा थियो ।

बुधवार इरानको संसद तथा अयातुल्लाह खमेनीको क्षेत्रमा हमला गरिएको थियो जसमा १२ जनाको ज्यान गएको थियो भने तीन हमलाबरको समेत मृत्यु भएको थियो । यस हमलाको जिम्मेवारी सुन्नी चरमपन्थी संगठन आईएसले लिएको छ ।

तर, इरानको सेनाले यस हमलामा साउदी अरबर र अमेरिकाको हात रहेको दाबी गरेको छ ।

यस हमलालाई मात्र एक घटनाक्रमको रुपमा मध्य पूर्वमा एक ठूलो क्षेत्रीय टकराव को शुरूवातको रुपमा हेरिएको छ ।

यस क्षेत्र मा नश्लवादी, धार्मिक, सांस्कृतिक तथा कूटनीतिक दरार धेरै गहिरो छ र त्यसलाई बुझ्न जरुरी छ ।
मध्य पूर्व मा दुई वढी शक्ति छन्, ईरान तथा साउदी अरब ।

 


यी दुईबीचको आपसी सम्बन्ध धेरै कटुता पूर्ण छ । र, दुवै पूरै क्षेत्रमा आफ्नो प्रभावको विस्तार गर्नमा एक जुट भएका छन् । जसका कारण पटक पटक टकरावको स्थिति आउने गरेको छ ।

साउदी अरब कट्टरपन्थी सुन्नी इस्लामको गढ हो । जबकी इरान शिया बहुल देश हो । दुवै देशको राजनीतिक तथा कूटनीतिक धर्म नै केन्द्रमा छ ।

ईरानमाथि ’आईएस को पहिलो हमला’ टकराव को शुरुआत

जानकारहरु मान्छन् की पूरै दुनियामा साउदी अरब स्वयंलाई सुन्नी इस्लाम का झन्डावाला मान्छ । उता इरानले भने आफूलाई शिया मुसलमानको प्रेरणास्रोत, रक्षक तथा सहयोगीको रुपमा प्रस्तुत गर्छ ।

मध्य पूर्व मा ईरान, इराक तथा बहरीन जस्ता केही देश छन् जहाँ शियाको जनसंख्या सुन्निको भन्दा धेरै छ ।
बाँकी मध्य–पूर्व को देशमा सुन्नीको मतको मान्नेवाल बहुसंख्यक छन् । साउदी अरब स्वयं आफूलाई यी देशको अगुवा मान्छ ।

यस धार्मिक आधारमा मक्का–मदीना उनीहरुको मा छ तथा यस आधारमा पनि किनकी उसँग पूरै दुनियाको सवैभन्दा ठूलो तेल भण्डार छ र उ अमेरिकाको विश्वासपात्र पनि हो ।

दोस्रो १९७९ को इस्लाम क्रान्तिपछि अमेरिकाको इरानसँगको सम्बन्ध दुश्मनी पूर्ण रहेको छ ।

तेहरान मा संसद भित्र तथा धार्मिक नेता अयातुल्लाह खमेनीको की धार्मिक क्षेत्रमा गोलाबारी भएको छ ।

 


ईरान तथा साउदी अरब बीच दुश्मनीका कारण विकिलीक्सले पता लगाएको छ । विकिलिक्सका अनुसार सउदी शाह अमरीकामाथि इजरायलबाट इरानमाथि हमला गराओस् भन्ने दबाव दिइरहेको थियो ।

साउदी अरबमाथि आरोप लाग्ने गरेको छ कि उसले चरमपन्थीको बढावा दिने गरेको छ । साउदीले उनीहरुलाई आर्थिक सहायता गर्छ भने लेबनानमा सक्रिय शिया हथियारबंद संगठन हेजबुल्लाहलाई इरानको सामर्थन छ ।
यो विषय सवैलाई जानकारीमा छ कि सीरिया तथा इराकमा लडिरहेका हतियारबन्द गुटको तार शिया र सुन्नीका हिसावमा इरान र साउदी अरबसँग पनि जोडिएको छ ।

मध्य–पूर्वमा तीन ठूला प्रभावपान नस्लवादी छन् । अरबी, फारसी तथा तुर्कीस तथा यिनिहरुको तनाव सयौं वर्षदखि चलिरहेको छ । एकै क्षेत्रमा रहतापनि सांस्कृतिक रुपमा अरब र ईरानी धेरै अलग छन् ।

ईरान और इराकबीच असीको दशकमा चलिरहेको लामो लडाइ पनि सुन्नी–शिया टकरावका रुपमा देखिने गरिएको छ ।

शिया बहुल इराकमाथि सुन्नी सद्दाम हुसेन को शासन थियो र उनी इराकको शिया जनसंख्यामा इरानको बढ्दो प्रभावका कारण चिन्तित थिए जो लडाइको मुख्य कारण बनेको छ ।

बहरीन तथा इराक यस्तो शिया बहुल देश हो जहाँ अल्पसंख्यक भएर पनि सुन्निमाथि शासन लामो समय देखि गरिरहेका छन् ।

ईरान तथा सउदी अरबका बीच अविश्वास सँग जोडिएको एक ठूलो कारण अमेरिका हो । साउदी अरब अमरीकी हतियारको सवैभन्दा ठूलो क्रेतामध्ये हो । सुरक्षासहित आफ्नो कयौं जरुरतका लागि अमेरिकाबीच राजनीतिक सम्बन्ध छैन ।

दोस्रो तर्फ इरान धेरै मामलामा आत्मनिर्भर भएको छ र उसले तमाम प्रतिवन्ध तथा दबाबका बीच स्वतन्नत्र रुपमा परमाणु कार्यक्रम चलाइरहेको छ ।

अफगानिस्तान एक यस्तो ठाउँहो जहाँ आफ्नो प्रभाव बढाउन ईरान र सऊदी अरब दुवै लागेका छन् । खास गरेर पश्चिमी अफगानिस्तान मा ईरान धेरै सक्रिय छ किनकी त्यो हिस्सा इरानसँग जोडिएको छ ।

साउदी अरब र ईरानबीच यदी टकराव बीच यदी टकराव बढ्छ भने जानकारी हुन आवश्यक छ जसको कयौं दूरगामी परिणाम आउने छ ।

बीबीसीबाट

विशेष