News मुख्य समाचार

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई


असार २५ । सरकारले सप्तरीका बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी पीडितलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए । प्रधानमन्त्रीको सोही घोषणालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो । साथै बैठकले पीडितलाई बसोबासको व्यवस्था गर्न १५ लाख रुपैयाँ सहुलियत ऋणको व्यवस्था गर्ने बारे प्रधानमन्त्री देउवाको प्रतिबद्धतालाई पनि अनुमोदन गरेको छ ।

सप्तरीमा स्थानीय महोली खोलाको बाढीले तिरहुत गाउँपालिकास्थित लोहजारा बाँध भत्काएपछि ६ सयभन्दा बढी घररपरिवार डुबानमा परेका छन्। यस्तै बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय पनि गरेको छ।

साथै बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहाकारमा दिनेश भट्टराईलाई नियुक्त गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

विशेष