News मुख्य समाचार

कहिले टुंग्याउँला अदालतले भरतपुर प्रकरण, फेरि एक हप्ता सर्यो

कहिले टुंग्याउँला अदालतले भरतपुर प्रकरण, फेरि एक हप्ता सर्यो


असार २६ । सोमबारका लागि तोकिएको भरतपुर महानगरमा च्यातिएका मतपत्रको विषयको सुनुवाई पुनः एक हप्ताका लागि सरेको छ। न्यायाधीशले नभ्याउने भएका कारण आजका लागि तोकिएको सुनुवाई अर्को सोमबारका लागि सरेको हो।

सुनुवाईका लागि न्यायाधीश द्वय पुरुषोतम भण्डारी र ओमकुमार मिश्रको संयुक्त इजलासमा पेसी तोकिएको थियो।र तर, न्यायाधीश ओमकुमार मिश्रले आफू बाहिर जानु परेकाले नभ्याउने बताएपछि आज हुने भनिएको सुनुवाई अर्को सोमबारका लागि सारिएको हो।

पहिलो चरणमा भएको निर्वाचनको मत गणनाका क्रममा भरतपुरमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले मतपत्र च्यातिको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

आयोगको निर्णयविरुद्ध एमालेका तर्फबाट १९ नम्बर वडाका वडासदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम अर्यालले निर्वाचन आयोगको निर्णय विरुद्ध पुनः निर्वाचन नभएर पुनः मतगणना हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई हुने भनिए पनि मिति भने सर्दै आएको छ

विशेष