News

अब गृहमन्त्रीलाई सोझै सम्पर्क गर्न सकिने

अब गृहमन्त्रीलाई सोझै सम्पर्क गर्न सकिने


असार २६ । नागरिकहरुले आफ्नो गुनासो सोझै गृह मन्त्रालयसँग गर्न पाउने भएका छन् । गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुको गुनासो सुनुवाई गर्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बरको व्यवस्था गरेको हो।

नागरिकहरुबाट प्राप्त उजुरी र गुनासोको सुनुवाई गरी तत्काल समस्या समाधान गर्न मन्त्रालयमै १११२ टोल फ्रि नम्बर व्यवस्था गरिएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए। स्थानीय प्रशासनले नागरिकको गुनासो सुनुवाई गरे, नगरेको जानकारी लिने र बदमासी भए तत्काल कारबाही गर्ने गरी मन्त्रालयमै टोल फ्रि नम्बरको व्यवस्था गर्नु परेको पनि मन्त्री शर्माले स्पष्ट पारे।

टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए।

टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए। सो गुनासो तत्काल सम्बोधन गर्न मन्त्री शर्माले स्थानीय प्रशासनलाई निर्देशन पनि दिएका छन्।

विशेष