News

म्यादी प्रहरीबाट पाएको ९० दिनको पारिश्रमीक प्रहरीलाई नै फिर्ता गरे पुजनले

म्यादी प्रहरीबाट पाएको ९० दिनको पारिश्रमीक प्रहरीलाई नै फिर्ता गरे पुजनले


असार २६ । नेपाल प्रहरीका पूर्व आइजिपी खड्गजित बरालको नाति पुजन बराल निर्वाचनका लागी म्यादी प्रहरीमा भर्ती भए र उनले म्यादी प्रहरीमा रहँदा पाएको तलब भत्ता प्रहरी कोषमा नै जम्मा गर्ने घोषणा गरेका छन् ।

म्यादी प्रहरीमा भर्ना भएका पुजन बरालले ९० दिनको आफ्नो पारिश्रमिक प्रहरी कल्याणकारी कोषमा बुझाएका हुन् ।

उनका बाबुआमा दुवै जना डाक्टर हुन् । बाबु डा. रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्रा.डा ज्योति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रशूति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

सामाजिक संजालमा उनले भनेका छन् 

दुई महिना म्यादी प्रहरी भई समाज सेवा गर्ने जुन अवसर नेपाल प्रहरीबाट पाएॅ, सोबाट पाएको रकम सोही संस्थाको 'प्रहरी स्मारक गुठी' लाई समर्पण गर्दै । 

विशेष