News

पन्ध्र वर्षीय बालिका तीन दिनदेखि बेपत्ता

पन्ध्र वर्षीय बालिका तीन दिनदेखि बेपत्ता

असार २६ । डोल्पाकी एक बालिका बेपत्ता भएकी छन् । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं १ बस्ने १५ वर्षीया हिरा थापा तीन दिनदेखि बेपत्ता भएकी हुन् ।

घरमा सामान्य भनाभन भएपछि कसैलाई जानकारी नदिइ निस्केकी थापा अहिलेसम्म पनि फेला नपरेको परिवारिक स्रोतले जानाएको छ । थापा नजिकैको त्रिपुरा माध्यमिक विद्यालयमा कक्षा १० को विद्यार्थी हुन् । उनकोे खोजी भइरहेको जनाइएको छ । 

Bepatta

विशेष