News

बाढीपहिरोको जोखिमः मौसमविद भन्छन्, सतर्क रहनुस्

बाढीपहिरोको जोखिमः मौसमविद भन्छन्, सतर्क रहनुस्

असार २६ ।  मनसुन सुरु भएयता आइतबार सबैभन्दा बढी वर्षा भएको छ । एकै स्थानमा ३ सयभन्दा बढी वर्षा भएकाले पहिरो जान सक्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि मनसुन सक्रिय हुने भएकाले बाढीपहिरोको सम्भावना रहेको जनाएको छ ।

‘आइतबार मनसुन सक्रिय हुँदा मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षा भएको छ,’ महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले राजधानीसँग भनिन्, ‘मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेका कारणले मनसुन सक्रिय भई देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना छ ।’

उनका अनुसार सोमबार वर्षाको गतिविधि सक्रिय नै रहने भएकाले पूर्व तथा मध्यका एक दुई स्थानमा भारी वर्षा हुनेछ ।

राजधानी

विशेष