News स्वास्थ्य

७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल

७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल

असार २६ । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिव ७० प्रतिशत डाक्टर फेल भएका छन् ।

चिकित्सा शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरी एमडी-एमएस-एमडिएसको विषयमा तीन वर्षे विशेषज्ञता हासिल गरेका २ सय ३७ मध्ये करिव ७० प्रतिशतले आफ्नो क्षमता सिद्ध गर्न सकेनन् ।

अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ३० प्रतिशत फेल भएका थिए । ‘यसपटक फेल भएकाहरु अधिकांश पहिला पनि अनूत्तीर्ण भएकाहरु हुन्,’ काउन्सिलका रजिष्टार डा। दिलीप शर्माले भने ।

काउन्सिल श्रोतका अनुसार यसपटकको परीक्षामा चीनबाट विशेषज्ञ चिकित्सक पढेर आएका एक सय ३२ जना सामेल भएकामा एक सय ११ जना फेल भए । बेलारुस, किर्गिस्तान र रुसबाट पढेर आएका क्रमशः २, ६ र १० जनाले परीक्षा दिएकामा सबै फेल भए । नेपालमै पढेका १८ जना मध्ये ८ जना फेल भए । फिलिपिन्समा पढेका ४० मध्ये २१ जना फेल भए । बंगलादेशबाट पढेर आएका १३ मध्ये ४ जना फेल भए ।

यस्तै, भारतमा पढेका ५ र पाकिस्तानमा पढेका ६ जनामध्ये एक–एकजना फेल भए ।

यसपटक रेडियोलजीको परीक्षामा सहभागी ६१ जनामा ५ जनामात्र पास भएका छन् । गत वर्ष पनि रेडियोलजी विषयको विशेषज्ञ परीक्षा दिने ७३ जनामा १३ जनामात्र पास भएका थिए ।

कान्तिपुर

विशेष