विदेश मुख्य समाचार

चट्टयाङमा परेर २६ जनाको मृत्यु

चट्टयाङमा परेर २६ जनाको मृत्यु

असार २६ । भारतको बिहारमा चट्टयाङमा परेर २६ जनाको मृत्यु भएको छ ।

लगातारको पानीसँगैको चट्टयाङमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सबैभन्दा बढी रोहतास जिल्लामा पाँच जना चट्टयाङको शिकार भएका छन् । राजधानी पटनामै चार जना परेका छन् ।

चट्टयाङमा परेर मृत्यु भएकालाई प्रतिव्यक्ति चार लाखका दरले क्षतिपूर्ति दिने घोषणा सरकारले गरेको छ । लगातार पानी परिरहँदा बाढीको त्रास पनि बढेको छ ।

विशेष