News

किर्ते नागरिकता बनाउने जेल चलान

किर्ते नागरिकता बनाउने जेल चलान


असार २६ । नागरिकता कीर्ते मुद्दाका दमक–२ का फरार एक आरोपी कारागार चलान भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक–२ बस्ने ३९ वर्षीय नरबहादुर खड्कालाई आइतबार कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको हो । जिल्ला अदालत झापाले २०७२ जेठ ३ गते खड्कालाई नागरिकता कीर्ते मुद्दामा एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो ।

प्रहरीले खड्कालाई लुकिछिपी गरेको अवस्थामा घरबाटै पक्राउ गरी आइतबार नै अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । अदालतको आदेशले खड्कालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको बताए ।

विशेष