विदेश

सिरियाली युद्दक विमान खसालेको विद्रोही समूहको दावी

सिरियाली युद्दक विमान खसालेको  विद्रोही समूहको दावी

 

असार - २७ । सिरियामा युद्धविराम भएको इलाकानजिकै विद्रोही समूहले मङ्गलबार एक सरकारी विमान खसालेको सिरियाली विद्रोही तथा यहाँका मानवअधिकारीवादी समूहले मङ्गलबार जानकारी गराएका छन् । 

विद्रोहीे खसालेका भनिएकोे सो विमान सरकारले नियन्त्रणमा लिएको इलाकामा विस्फोट भएको छ । ‘हामीसँग चालकको विषयमा कुनै जानकारी छैन,’ अहमद अल अब्दो फोर्सेस् (दक्षिणपूर्वी सिरियाको विद्रोहीको सुरक्षाबल समूह) का सञ्चार प्रमुख फरेस् अल मुन्जेदलेबले बताएका छन् । 

सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि यस घटनाको पुष्टि गरेको छ । दमासकस र स्वेइदा नजिकै रहेको सिरियाली प्रशासनको पकड क्षेत्रमा रहेको एक गाउँमा उक्त विस्फोट भएको बताइएको छ । 

सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा आतङ्ककारी समूह पनि हाबी हुदै गए । जारी सो द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म ३ लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 

त्यसैगरी द्वन्द्वको कारण लाखौं व्यक्ति घाइते भएका छन् भने लाखौंले आफ्नो देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउँन बाध्य भएका छन् । 

विशेष