विदेश मुख्य समाचार

उत्तर कोरियालाई चेतावनी दिदैं ट्रम्पले भने– धैर्यको समय सिमा सकियो

उत्तर कोरियालाई चेतावनी दिदैं ट्रम्पले भने– धैर्यको समय सिमा  सकियो

असार १७ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका बारेमा वर्षौंदेखि रणनीतिक धैर्य राख्दै आए पनि अब धैर्य गर्ने समय सकिएको चेतावनी दिएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हामी सबैले एउटा बर्बर र गैरजिम्मेवार शासनको खतरा सामना गरिरहेका छौं ।’

उनले उत्तर कोरियालाई चाँडो सही बाटोमा फर्कन सुझावसमेत दिए । अमेरिका भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति इनले भने उत्तर कोरियाली नेतासँग छलफल जारी राख्न जरुरी रहेको बताए । उनले आफ्नो मुलुकको रक्षाका लागि सुधारका योजना कायम राख्ने र रक्षात्मक क्षमता बढाइने बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘उत्तर कोरियाका लागि अब धैर्य सकिएको छ ।’ उत्तर कोरियाबाट उत्पन्न खतरालाई सामना गर्न अमेरिकाले दक्षिण कोरिया, जापान र अन्य सहयोगी मुलुकसँग मिलेर कुटनीतिक, सुरक्षा र आर्थिक उपायमाथि चर्चा र आवश्यक गृहकार्य गरिरहेको उनले बताए । 

विशेष