News

प्रहरीले महिलालाई अभद्र व्यवहार गरेको आरोपमा दार्जिलिङमा झडप चार प्रहरी घाइते

प्रहरीले महिलालाई अभद्र व्यवहार गरेको आरोपमा दार्जिलिङमा झडप चार प्रहरी घाइते


असार १७ । दार्जिलिङको पहाडमा गोर्खाल्याण्डको आन्दोलनले उग्ररुप लिइरहेको छ ।

हिजो राती ८ बजे टिस्टाभेली क्षेत्रको मुन्सीधुरामा पुलिस र जनताविच भएको झडपमा चारजना पुलिस घाइते भए भने पुलिसको बन्दुक पनि खोसिएको छ । आज मात्र प्रहरीले ति बन्दुक फेला पारेको छ ।

पुलिसले उक्त क्षेत्रमा महिललाई अभद्र व्यवहार गरेपछि झडप भएको गाँउलेहरुको आरोप छ । उक्त घटनामा प्रहरीको दुई गाडीमा समेत तोडफेड भएको छ ।

हिमालय दर्पणबाट

विशेष