विदेश मुख्य समाचार

कश्मिरमा अमरनाथ यात्रामा हिडेका तीर्थयात्रु बोकेको बसमा आतंकवादी हमला, सात जनाको मृत्यु

कश्मिरमा अमरनाथ यात्रामा हिडेका तीर्थयात्रु बोकेको बसमा आतंकवादी हमला, सात जनाको मृत्यु

असार २७ । भारत प्रशासित कश्मिरमा तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला हुँदा ७ जनाको मृत्यु भएको छ ।

मारिनेमा ५ महिला र दुई पुरुष छन् । कश्मिरको अनन्तनाग जिल्लामा अमर यात्राका लागि गइरहेको बसमाथि आक्रमण हुँदा १९ जना घाइते भएका छन् ।

५६ रहेको बसमा अधिकांश गुजरातका यात्रु रहेको बताइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना आततायी भएको भन्दै निन्दा गरेका छन् ।

धार्मिक यात्रु माथि यस प्रकारको हमला हुनु निकै दयनीय भएको भन्दै प्रधानमन्त्री मोदीले भत्सना गरेका हुन् ।

विशेष