विदेश

चीनमा भारी वर्षा, दुई लाख ६० हजार विस्थापित

चीनमा भारी वर्षा, दुई लाख ६० हजार विस्थापित

 

असार - १७ । चीनको मध्यभागमा पर्ने हुनान प्रदेशमा लगातारको भीषण वर्षाले आइपरेका प्रकोपका कारण दुई लाख ६० हजार भन्दाबढी बासिन्दा विस्थापित भएका प्रान्तीय बाढी नियन्त्रण कार्यालयले शुक्रबार जानकारी दिएका छन् ।

गत जुन २२ तारिखदेखि यो प्रकोप सुरु भएको सो कार्यालयका अधिकारीले जानकारी दिएका छन् । हुनान प्रदेशको सिआङजीआङ र जिजिआङ नदी सो भारी बर्षाको कारण आएको बाढीबाट अत्यन्त प्रभावित भएको प्रान्तीय बाढी नियन्त्रण र अनावृष्टि उद्धार कार्यालयले जनाएको छ । शुक्रबार अपराहन्न ५ बजे मात्रै ५८ हजार जना विस्थापित भएका छन् । राजमार्ग र विद्युत सेवासमेत अवरुद्ध भएका छन् । 

विशेष