News

साहसिक प्रहरी पुरस्कृत

साहसिक प्रहरी पुरस्कृत


असार २७ । स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ ।

प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन् । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत छन् ।हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए ।

तीनै जनालाई जनही एक हजार एक सय २५ रुपैयाँ प्रदान गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारीले जानकारी दिए ।

विशेष