शेयर

आइतबारदेखि सेयर बजार खुल्ने

आइतबारदेखि सेयर बजार खुल्ने

 

असार - १७ । मूल्य अभिवृद्धि कर लगाइएको विरोधमा सेयर कारोबार नै बन्द गरेको नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले आइतबारदेखि कारोबार गर्ने भएको छ । अर्थ मन्त्रालयले करका विषयमा आवश्यक निर्णय गर्ने जनाउ दिएपछि सङ्घ कारोबार गर्न सहमत भएको हो ।

महालेखा परीक्षकको कार्यालयले सेयर कारोबार गर्दा लाग्ने मूल्य अभिवृद्धि कर नतिरेको भन्दै बेरुजुमा राखेपछि अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई कर उठाउन निर्देशन दिएको थियो ।

अर्थको निर्देशनपछि आन्तरिक राजस्व कार्यालयले सङ्घलाई तत्काल कर तिर्न आग्रह गर्दै निर्देशन दिएको थियो । सङ्घले कर तिर्न आफूहरु तयार रहेको जनाउँदै त्यसको प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै आएको छ ।

अर्थ मन्त्रालयसँगको छलफलपछि सङ्घले आइतबारदेखि सेयर बजार नियमित गर्न तयार रहेको जनाएको छ । सङ्घका तर्फबाट महासचिव सन्तोष मैनालीले आज एक विज्ञप्ति प्रकाशित गरी कारोबार बन्द हुँदा लगानीकर्ता र अन्य सरोकारवालालाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै कारोबार सुरु गर्ने जनाएको हो । समस्या समाधानका लागि पटकपटक नेपाल स्टक एक्चेन्ज, नेपाल धितोपत्र बोर्ड तथा आन्तरिक राजस्व विभागबीच छलफल भएको थियो । 

विशेष