नेपालमा विकासका काममा कसरी लापरबाही हुन्छ भन्ने बुझाउने ६ तस्बीर
असार २८। हुन त यी तस्बीरहरुले कतै नभएको नयाँ खुलासा त गर्दैनन्, तर नेपालमा विकासका काममा कसरी लापरबाही हुन्छ भन्ने बुझाउन चाहिँ बुझाउँछन् । यी तस्बीरहरु काठमाडौंमा जडान भइरहेका सौर्य सडक बत्तीका हुन् ।
पहिला यी दुई तस्बरहरु हेर्नुहोस् यो तस्बरमा सडक बत्त्तीको पोल र पोल राख्न निर्माण गरिएको सिमेन्टेड बोल्टहरु छन् । यी बोल्टमा पोलको फेदमा भएका चार प्वालमा राखेर नट कस्ने हो । यसो गर्दा फलामे यी पाइपहरु माटोमुनी पर्दैनन्, खियाले खाँदैन । यसरी ठड्याइएपछि वर्षौसम्म पनि टिकाउ हुन्छन् । यी दुई तस्बीरको किस्सा यहि समाप्त ।
................
अब यी दुई दुई तस्बर हेर्नुहोस । यसमा मजदुरहरु यिनै सौर्य बत्तीका पोल गाड्न जमिन खनिरहेका छन् । अर्कोतिर माटोमा गाडिसकेको पोल पनि छ । अब यसो किन गरियो होला ? अनुमान लगाउन सक्नु हुन्छ ? अनुमान लगाउँदै गर्नुहोला । यी दुई तस्बीरको किस्सा यहि समाप्त हुन्छ ।
.........
अब अन्तमा यी दुई तस्बीर पनि यसैसँग सम्बन्धित छन् । एकातिर मजदुरहरु काम गरिरहेका छन् । अर्कोतिर बत्तीका पोलहरु थुपारिएका छन् । सबै पोलका फेदमा नटबोल्ट कस्ने प्वालहरु छन् । खासमा ठेकेदारले सडक छेउमा खाल्डो खन्ने, सिमेन्टेड बनाउने र नट राख्ने काम गर्नु पर्ने थियो । एकाध ठाउँमा यसो गरियो । जहाँ सिमेन्टेड गरियो त्यहीको रिपोर्ट बनाएर गुणस्तरीय काम गरेको देखाउने प्रपञ्च हो यो भन्न सकिन्छ । अर्को तिर अब असार सकिन तीन दिन मात्रै बाँकी छ । आर्थिक वर्षभित्र सक्नु पर्ने कामका लागि वर्षभर ठेकेदारहरु कानमा तेल हालेर बसे । बर्षको आखिरीमा सिमेन्टेड गर्नु पर्ने ठाउँमा सोझै पोल गाडिए । अब आफै भन्नुहोस माटोमा फलाम गाडेपछि यसको आयु कति वर्ष होला ? त्यसपछि के छ र ? अहिले जसले काम गरेको हो त्यसलाई सबैले बिर्सिसक्छन । १० वर्ष टिक्यो भने त्यसपछि अर्को पैसा खर्च गरेर यही काम गरे भइहाल्यो ।