News

नियतीको कस्तो खेल ! एमाले नेताका छोरा नै भन्दैछन्, ‘मेरो बाबुलाई मृत्युदण्ड होस्’ (भिडियोसहित)

कृपासुरको अर्को छोराको विहेमै धर्ना दिने चेतावनी

नियतीको कस्तो खेल ! एमाले नेताका छोरा नै भन्दैछन्, ‘मेरो बाबुलाई मृत्युदण्ड होस्’ (भिडियोसहित)

असार २८ । केही समयअघि पूर्वमन्त्रीसमेत रहेका एमाले नेता कृपासुर शेर्पाका छोरा गणेश शर्पाले आफ्नै बाबुलाई मृत्युदण्डको सजाय दिनु पर्ने बताएका छन् ।

गणेश कोखमै हुँदा गणेशकी आमालाई छोडेर अर्काे महिलासँग विहे गरेका कृपासुरले आफ्नै छोरालाई दिनु पर्ने हक अधिकारबाट बञ्चित गराएपछि गणेशले आक्रोश पोख्दै आफ्नो बाबुजस्तो मान्छेलाई मृत्युदण्ड दिँदा पनि फरक नपर्ने बताएका छन् ।

दुई छोराछोरीका बाबुसमेत रहेका गणेश आफ्नै बाबुसँग अधिकार प्राप्तिका लागि संघर्ष गर्दै आएका छन् । ठूलो संघर्षबाट उनले कृपासुरको नामबाटै नागरिकता त पाएका छन् । तर अंश पाएका छैनन् । अब पनि बाबुले हेला गरे घरमै गएर धर्ना बस्ने उनले बताए ।  एमालेका नेतासमेत रहेको पूर्वमन्त्री कृपासुर शेर्पा सुशील कोइराला प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री थिए ।  बुबाले अंश नदिने बताएपछि गणेशले बाबुविरुद्ध चार वर्ष अघि मुद्दा दाएर गरेका थिए ।

तर, कृपासुरले आफ्नो साख गिर्ने, मन्त्री बन्न ग्राहो हुने, बहुविवाहको मुद्दा लाग्ने भन्दै पटक पटक छोरालाई मुद्दा फिर्ता लिन आग्रह गरे । उनले आफू मन्त्री भएपछि अंश दिने प्रलोभन देखाउँदै छोरालाई मुद्दा फिर्ता गर्न लगाए । गणेशले पनि अंश पाइने आशमा मुद्दा फिर्ता लिए ।

तर, मुद्दा फिर्ता लिएपछि अंश दिन्छु भनेका बाबुले भोलिभोलि भन्दै टारेपछि सञ्चारमाध्यमको सहारा लिनु परेको उनले स्पस्ट पारे । सञ्चार माध्यममा समाचार आएपछि कृपासुर धेरै किसिमले धम्की दिएको उनले बताए । जनता सामु कृपासुरको वास्तविकता आएपछि उनले कहिले गुण्डा लगाएर त कहिले गोली हान्ने धम्की दिएको गणेश बताउँछन् ।

कृपासुरले छोरा गणेश र उनकी श्रीमतीलाई गोली हानेर मार्ने धम्कीसमेत दिएपछि यसबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ध्यान खिचिएको थियो । ओलीले कृपासुरलाई सम्झाएका पनि थिए । तर, पनि गणेशले बाबुबाट प्राप्त हुने अंश प्राप्त गर्न सकेन् । न्यायको लागि सबै सांसदको ढोका ढक्ढक्याउँदा र राष्ट्रपतिलाई पत्र लेख्दा पनि उनले न्याय नपाएको उनको गुनासो छ ।

गणेशले यो पटक फेरि कृपासुरविरुद्ध मुद्दा दायर गरेका छन् । यही साउन १९ गते फैसला हुँदैछ । अहिले पनि मुद्दा फिर्ता लिन दबाब आइरेको बताउँदै उनले अव जति दबाब आए पनि मुद्दा फिर्ता नलिने चेतावनी दिए ।  अबको पहल के छ भन्ने प्रश्नमा बाबुबाट न्याय नपाए उनकै घरमा गएर बस्ने बताए । ‘यत्तिका वर्ष भइसक्यो अझै केही सिप लागेको छैन,’ गणेशले थपे, कान्छी श्रीमतीतर्फको छोराको विवाह हुँदै छ, उनकै विवाहको पार्टीमा गएर धर्ना बसिदिन्छु ।’


नेपालमा दुःखीले न्याय पाउनु भनेको दाँतबाट पसिना निकाल्नु सरह छ । गणेश गर्भमै हुँदा कृपासुरले उनकी आमालाई छोडेर गए । यस्तो मानिसलाई यदि सजाय हुन्थ्यो भने कस्तो सजाय हुनुपर्छ भन्ने प्रश्नमा उनले भने, ‘मेरो बाबु भएर म हिच्कीचाउँदिन । उनीजस्तो मान्छेलाई मृत्युदण्ड दिनुपर्छ ।’
गणेशका यीसँग यी विषयमा कुरा गरिसकेपछि हामीले पूर्वमन्त्री कृपासुरलाई पनि फोन सम्पर्क गर्ने प्रयास गर्यौ । तर, यो विषयमा कुरा उठाउँदा उनले कुरा गर्न चाहेनन् ।

गणेश यस्ता अभागी छोरा हुन् जसले आफ्नो बाबु चिन्दा समेत उनले बाबुको नामबाट नागरिकता पाएनन् । बैंश हुँदा गणेशकी आमासँग सम्बन्ध बनाएका कृपासुरले गणेश गर्भमा आएपछि जिम्मेवारी लिनुको सट्टा जिल्ला छाडेर भागेका थिए । जब उनी मन्त्री बने, गणेशको विषय सार्वजनिक भयो । त्यसपछि एमालेका नेताहरुको समेत दबाबमा उनले गणेशलाई नागरिकता त बनाइदिए, तर अंश दिएका छैनन् । उनले कान्छी श्रीमती र अन्यको नाममा सम्पत्ति राखेको छोरा गणेशको दावी छ । चलाखका लागि अरुको सम्पत्ति हडप्न र आफ्नो अरुलाई नदिने कानुनका छिद्र थाहा हुन्छ । जानकारहरु भन्छन्, ‘कानुनमा खेल्न जान्ने धूर्त कृपासुरले गणेशलाई सम्पत्ति त के नागरिकता पनि दिँदैन थिए, परिवन्दमा परेर नागरिकता त दिए, सम्पत्ति दिदैनन् ।’

विशेष