News

डा केसी ३० गतेदेखि पुनः आमरण अनशन बस्ने

डा केसी ३० गतेदेखि पुनः आमरण अनशन बस्ने

असार - २८ । डा गोविन्द केसी पुनः आमरण अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका लागि पटक पटक अनशन बस्दै आएका उनी आगामी ३० गतेबाट आमरण अनशन बस्न लागेका हुन् । गलत काम गर्ने त्रिभुवन विश्वविद्यालयका पदाधिकारी कारवाही गर्नुपर्ने छिट्टै संसदबाट चिकित्सा शिक्षा पारित गर्नु पर्नेलगायतका माग राखेर डा केसी अनशन बस्न लागेका हुन् ।

यसैबीच मेडिकल कलेजहरुले विद्यार्थी छनोटमा अपादर्शीता अपनाएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । युटिभर्सल र नेशन मेडिकल कलेजले अनियमित तरिकाले विद्यार्थीको भर्ना गर्दा त्रिविले साथ दिएको भन्दै डाक्टरहरु मेडिकल कलेजविरुद्ध आन्दोलनमा उत्रिएका डा गोविन्द केसीको अलाइन्सका संयोजक डा जीवन केसीले जानकारी दिएका छन् ।

निजी मेडिकल कलेजहरुले कम योग्यता भएका विद्यार्थी भर्ना गरेको, तोकिएको भन्दा वढी शुल्क लिनुका साथै त्रिविले पनि मेडिकल अध्ययनका लागि चर्को शुल्क तोकेकोले आफूहरु आन्दोलनमा जानुपरेको उनले बताए ।

विशेष