News

मुख्यसचिव सोमलाल सुवेदी पदबाट राजीनामै नदिई एडीबीको जागिरखान विदेशिए, को बन्ला मुख्यचिव ?

मुख्यसचिव सोमलाल सुवेदी पदबाट राजीनामै नदिई एडीबीको जागिरखान विदेशिए, को बन्ला मुख्यचिव ?


असार २८ । नेपाल सरकारका बहालवाला मुख्यसचिव सोमलाल सुवेदी पदबाट राजीनामै नदिई एसियाली विकास बैंक (एडीबी)को जागिर खान विदेशिने भएका छन् ।

एडीबीको जागिरका लागि फिलिपिन्सको मनिला जान लागेका मुख्यसचिव सुवेदी राजीनामा नदिई मंगलबार सिंहदरबारबाट विदा भएका छन् । सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ ।

गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लागेका हुन् ।

सुवेदी साउन १ गतेदेखि एडीबी कार्यालयमा हाजिर हुने तयारीमा छन् । सोही तयारी अनुसार उनी मंगलबार बिदा भएको स्रोतले बतायो ।
निजामती सेवाअनुसार सरकारले अधिकतम तीन वर्षसम्म काज दिन सक्छ । एडीबीको जागिर अनुकुल नभए पुनः पदमा फर्किने दाउअनुसार उनले काज मिलाएको स्रोतले बतायो ।

तर, नेपाल सरकारको मुख्यसचिव पद एउटा जागिरमात्र नभएर सरकारको प्रतिष्ठासँग पनि जोडिएको विषय हो । सो पदबाट राजीनामा नदिई सरकारको मुख्यसचिवले विदेशमा जागिर खान गएको सम्भवतः यो नेपालको इतिहासमै पहिलो घटना हो ।

सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ ।

विशेष