विदेश स्वास्थ्य

युरोपमा दादुराकाे प्रकाेप ३५ जनाको मृत्यु

युरोपमा दादुराकाे प्रकाेप ३५ जनाको मृत्यु


असार २८ । युरोपभर पछिल्लो एक बर्षमा दादुराको संक्रमणका कारण ३५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

दादुराको संक्रमणका कारण सबैभन्दा बढी रोमानियाका ३१ जनाको मृत्यु भएको हो । यस्तै, जर्मनी, पोर्चुगल, इटलीमा पनि दादुराको संक्रमण देखिएको हो । खोप लगाएपछि उन्मुलन हुनसक्ने दादुराबाट युरोपमा सो संख्यामा मानिसको मृत्यु हुन दुखद भएको भन्दै संगठनले र यसले प्रकोपको रुप लिनसक्ने चेतावनी दिएको छ ।

पछिल्लो पटक इटलीका ६ बर्षीय बालकको दादुराका कारण मृत्यु भएको छ । युरोपभर ३ हजार ३ सय दादुराका बिरामी भेटिएको तथ्यांकमा उल्लेख छ । संगठनका क्षेत्रीय निर्देशक डाक्टर सुजाना जकाबले दादुरा फैलनबाट रोक्नका लागि सम्बन्धित मुलुकहरुलाई आकस्मिक उपाय अपनाउन आग्रह गरिने । दादुराको भाइरस एक जनाबाट अर्कोमा सजिलै सर्ने भएपनि सो संक्रमणविरुद्धको खोप प्रयोगबाट बच्न सकिन्छ ।

विशेष