भ्रष्टाचार र अनियमितताकी सत्रू मानिएकी सुशीला कार्कीले यसरी जोगाएकी रहिछन् भ्रष्टाचारीहरुलाई
असार २८ । भन्नलाई त सुशीला कार्कीलाई भ्रष्टाचार र अनियमितताको खरो विरोधी भनिन्छ । तर, एउटा मामिला हेरौं, जसबाट उहाँको कमलो मन छर्लंग हुन्छ । विशेष अदालतले १७ करोड ६ लाख बिगो लिनु पर्ने ठानेको मान्छेको १७ करोड ५ लाख ५० हजार आठ सय २४ रुपैयाँ मिनाहा गरेर ५० हजार मात्रै तिराउने र एक वर्ष कैद कटाउने निर्णय गरेको कसले ? कैद पनि तलकालाई थपेर निर्णयमा सही गर्नेलाई किन घटाइयो ? नेपाल प्रहरीको बहुचर्चित सुडान काण्डको कुरा हो यो । त्यो सामान किन्दा प्रहरी कल्णण कोषको रकम खर्च भएको छ । पछि त्यो पैसा संयुक्त राष्ट्र संघले शोधभर्ना गरेको छ ।
यस हिसाबले हेदौ विशेष अदालतले गरेको एउटा फैसलाको पुनारावलोकन क्रममा सर्वोच्चले कि सबैलाई सफाइ वा सबैलाइ सजाय दिनु पथ्र्यो । नीतिगत निर्णयकर्ता महानिरीक्षकहरुको हकमा एक वर्ष र छ महिनाको दरले कैद र २८ करो ४० लाख १६ हजार ६ रुपैया ७ पैसाबाट जरिवाना घटाएर तीन जनाले जम्मा १ लाख ३० हजार तिरे पुग्ने गरिएको छ ।
सि न | प्रतिवादीकाे नाम | कैद | विशेष अदालतकाे ठहर | सुशीला कार्कीले कायम गरेकाे | |
१ | अाेम वि राणा | २ वर्ष | १७ कराेड ६ लाख | १ वर्ष कैद ५० हजार जरिवाना | |
२ | हेम ब गुरूङ | २ वर्ष | ६ कराेड ६८ लाख | १ वर्ष कैद ४० हजार जरिवाना | |
३ | रमेश चन्द्र ठकुरी | २ वर्ष | ४ कराेड ८५ लाख | १ वर्ष कैद ४० हजार जरिवाना | |
४ | श्याम सिंह थापा | सफाइ पाउने | धराैती फिर्ता, धिताे फुकुवा | १ वर्ष कैद ४० हजार जरिवाना | |
५ | दीपक सिंह थाङदेन | सफाइ पाउने | धराैती फिर्ता, धिताे फुकुवा | १ वर्ष कैद ४० हजार जरिवाना | |
६ | दीपकुमार श्रेषठ | सफाइ पाउने | धराैती फिर्ता, धिताे फुकुवा | छ महिना कैद, ३० हजार जरिवाना | |
७ | रवि प्रताप राणा | सफाइ पाउने | धराैती फिर्ता, धिताे फुकुवा | छ महिना कैद, ३० हजार जरिवाना |
–जनआस्था साप्ताहिकबाट