News

विराटनगरमा दुई पत्रकार पुरस्कृत

विराटनगरमा दुई पत्रकार पुरस्कृत


असार २८ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको छैटौँ स्थापना दिवसको अवसरमा मङ्गलबार विराटनगरमा दुईजना पत्रकार पुरस्कृत भएका छन्।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल पुरस्कारबाट हिमालयन टेलिभिजनका पत्रकार उद्धव घिमिरे र मीना श्रेष्ठ परिश्रमी महिला पत्रकारिता पुरस्कारबाट मकालु टेलिभिजनकी विनु तिम्सिना पुरस्कृत भएका हुन् ।

सो अवसरमा पत्रकार घिमिरेलाई रु २१ हजार र तिम्सिनालाई रु १० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।  सो अवसरमा महानगरप्रमुख पराजुलीले पत्रकारले अनुसन्धानात्मक पत्रकारितामा बढी जोड दिनुपर्ने धारणा राखे । उनले पत्रकारहरुका लागि सहकारी संस्था सञ्चालन हुनु राम्रो विषय रहेको प्रसङ्ग उल्लेख गर्दै यस सहकारीको माध्यमबाट पत्रकारलाई आत्मनिर्भर बन्नमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विराटनगर महानगरपालिकाद्वारा सञ्चालित केही सहकारी संस्थालाई महानगरका १९ वटै वडामा सञ्चालन गरेर विपन्न वर्गला आत्मनिर्भर बनाउनका लागि ठोस कार्यको शुभारम्भ गर्ने जानकारी गराए ।

समाजसेवी दीनबन्धु गोयलले प्रत्येक वर्ष एकजना पत्रकारलाई रु ३१ हजार राशिको पुरस्कार प्रदान गरिने र सोका लागि सञ्चारकर्मी सहकारी संस्थामा अक्षयकोष स्थापना गर्ने घोषणा गरे । सो संस्थाका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

विशेष