News

हिंसापीडित महिलालाई आर्थिक सहयोग

हिंसापीडित महिलालाई आर्थिक सहयोग

असार २९ । जिल्ला प्रहरी कार्यालय बाँकेअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रले खजुरा गाउँपालिका–३ का एक हिंसापीडित महिलालाई आर्थिक सहयोग गरेको छ ।

पीडित ६५ वर्षीया विष्णुमाया नेपाललाई रु १३ हजार नगद प्रदान गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए ।

उनका अनुसार हरेक तीन–तीन महिनामा एकजना हिंसापीडित महिलालाई आर्थिक सहयोग गर्ने कार्यक्रमअन्तर्गत नेपाललाई सो आर्थिक सहयोग गरिएको हो ।

Economic help

विशेष