News मुख्य समाचार

खोलाले बगाएका तीन जनाको शव भेटियो, एक अझै बेपत्ता

खोलाले बगाएका तीन जनाको शव भेटियो, एक अझै बेपत्ता


असार २९ । सोमबार राती पाल्पाको तिनाउ खोलाले बगाएर बेपत्ता भएका चारमध्ये तीन जनाको शव आज भेटिएको छ ।

तिनाउको बाढीमा जीपसहित बेपत्ता भएकामध्ये पाल्पा माथागढी गाउँपालिका १ की ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुवँर मथर र तानसेन नगरपालिका भुसालडाँडाकी २६ वर्षीया उषा श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रमेशराज पण्डितले जानकारी दिए ।

माया गाहाको शव पाल्पाको जोरधारास्थित नयाँबजार नजिकैको खोलामा र अन्य दुई जनाको शव रुपन्देहीको पथरीबाट ६ मिलोमिटर दक्षिण मर्चवार क्षेत्रमा भेटिएको हो । मृतक तीनै जनाको जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका मायाका श्रीमान ४० वर्षीय तिलबहादुर गाहा अझै बेपत्ता छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

विशेष