विदेश मुख्य समाचार

साउदी अरबमा आगलागी १० भारतीय र एक बंगलादेशी नागरिकको मृत्यु नेपाली सुरक्षित

साउदी अरबमा आगलागी १० भारतीय र एक बंगलादेशी नागरिकको मृत्यु नेपाली सुरक्षित


असार २९ । साउदी अरबको नाजरान सहरस्थित एक घरमा आगलागी हुँदा ११ जनाको मत्यु भएको छ । मृतक सबै आप्रवासी कामदार हुन् ।

अधिकारीहरुका अनुसार मृत्यु हुनेमा १० भारतीय र १ बंगलादेशका नागरिक छन् । आगलागीमा ६ जना घाइते भएका छन् । घाइते हुनेमा पनि भारत र बंगलादेश कै नागरिक रहेको बताइएको छ ।

आप्रवासी कामदार बस्दै आएको घरमा आगलागी भएको हो । स्थानीय प्रशासनले सो घटनाको छानविन गर्न आदेश दिएको छ । आगलागिमा नेपाली नपरेको अधिकारीहरुले जनाएका छन् । 

कामदारहरु बस्ने घर तथा कोठामा आवश्यक पूर्वाधारको कमी हुने गरेको भन्दै यसअघि नै आवाज उठ्ने गरेको थियो ।

विशेष