विदेश

दुई समुदायबीचको भिडन्तमा परी २ को मृत्यु, कैयौँ घाइते

दुई समुदायबीचको भिडन्तमा परी २ को मृत्यु, कैयौँ घाइते

असार - ३० । पश्चिमी भारतीय राज्य गुजरातमा दुई समुदायका नागरिकबीच भएको भिडन्तमा परी दुई व्यक्तिको मृत्यु हुनको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । बिहीबार साँझबाट उक्त गाउँका दुई समूदायबीच यस्तो हिंसा सुरु भएको हो ।

गुजरात राज्यमा पर्ने मोर्बी र सुरेन्द्रनगर जिल्लामा भार्वाद र राजपूत समूदायका स्थानीय बासिन्दाबीच बिहीबार अबेरबाट यो हिंसा सुरु भएको बताइएको छ । यस हिंसाको क्रममा घाइते भएका व्यक्तिमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

जारी हिंसाको क्रममा ३० भन्दाबढी सवारी साधनमा आगजनी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोर्बी र सुरेन्द्रनगरमा जारी हिंसाले थप विस्तारित रुप लिने त्रासका कारण ती जिल्लामा इन्टरनेट सेवा पनि बन्द गरिएको पनि प्राप्त अर्को एक समाचारमा जनाइएको छ ।

स्थिति नियन्त्रणको लागि थप प्रहरी तैनाथ गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

विशेष