विदेश मुख्य समाचार

जन्मदिन समारोहमा गोली प्रहार, ११ जनाको हत्या

जन्मदिन समारोहमा गोली प्रहार, ११ जनाको हत्या

असार ३० । मेक्सिकोमा बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरिएको छ ।

मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा केही नकावधारी व्यक्तिले बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरेका हुन् ।

प्रहरीले घटनास्थलमा तीन बालकलाई जिवितै फेला पारेपनि ११ वयस्कलाई भने हत्या गरिएको अवस्थामा फेला पारेको हो ।

यस वर्षको मे मा मात्र २ हजार १८७ जनाको हत्या गरिएको छ ।

विशेष