News

प्रहरीमा ११ एआईजीको नाम सिफारिस, नवराज सिलवालको नाम परेन

प्रहरीमा ११ एआईजीको नाम सिफारिस, नवराज सिलवालको नाम परेन

असार ३१ । गृह मन्त्रालयको बढुवा समितिलेले नेपाल प्रहरीका ११ जना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुका लागि सिफारिस गरेको छ । लामो समयसम्म रिक्त सो पदका लागि सरकारको विहीबार बसेको बैठकले ११ डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

तर, सिफारिसमा डिआईजीको वरिष्ठ डीआईजी नवराज सिलवालको नाम भने उल्लेख छैन । सरकारले सिलवालसँगै आईजीपीमा लागि दाबेदारी दिएका बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई भने बढुवाका लागि सिफारिस गरेको छ ।

सिफारिसमा पर्ने अन्य डीआईजीमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् । हेमन्त पाल, माधव नेपाल र मधु पुडासैनी भने एआईजी बढुवा सिफारिसमा परेनन् ।

वरिष्ठताको नम्बर एकमा रहेका सिलवाललाई जानजानी छुटाइएको छ । सर्वाेच्च अदालतले प्रकाश अर्याललाई आईजीपी बनाउन फैसला गरेपछि रुष्ट भएका सिलवालले सर्वाेच्चमा आईजीपीका लागि दाबेदारी गर्दै मुद्दा दायर गरेका थिए । उनले दायर गरेको रिटमाथि अन्तिम फैसला हुन बाँकी छ । सर्वाेच्चले सरकारको निर्णयलाई सदर गरे सिलवाल अब डीआईजीबाटै घर जाने छन् ।

विशेष