News

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई ७५ प्रतिशत छुट

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई ७५ प्रतिशत छुट

 

काठमाडौँ, ३१ असार । बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम तथा पारित गरिएको छ । शनिबार बसेको नगरसभाले नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख उद्धव खरेलले जानकारी गराउनुभयो । उनले महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय गरिएको बताए। 

यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयस्रोतमा ७५ प्रतिशत छुट समेत गरिएको छ । नगर प्रमुख खरेलले समय अभावका कारण बजेट पारित गर्न नसकिएको बताए । नगरले पूँजीगततर्फ ५२ करोड ९७ लाख ८६ हजार ६१० र चालुतर्फ १७ करोड बजेट विनियोजन गरिएको छ । 

यसैगरी फोहोर संकलनका लागि वडा नं. १० मा डस्टविन वितरण गरिएको छ । वडा अध्यक्ष नवराज भट्टराईले वडाका विभिन्न स्थानमा फोहोर संकलन गर्न स्थानीय महिला समूहलाई २५ थान डस्टबिन वितरण गरिएको जानकारी दिए ।

विशेष