News

महाङ्काल गाउँपालिकाको बजेट १९ करोड ३३ लाख

महाङ्काल गाउँपालिकाको बजेट १९ करोड ३३ लाख

असार - ३१ । महाङ्काल गाउँपालिकाको आव २०७४/०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट घोषणा कार्यक्रम सम्पन्न भएकाे छ ।

महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल सभाध्यक्षता बसेको बैठकले कुल बजेट १९ करोड ३३ लाख २१ हजार पारित गरेको हो ।

निःशर्त अनुदान २ करोड ५० लाख, सशर्त अनुदान ८ करोड ७८ लाख २१ हजार, गाउँपालिकास्तरीय कार्यक्रमको लागि ३ करोड ३७ लाख र ६ वटा वडाको लागि प्रति वडा ७८ लाखको दरले ४ करोड ६८ लाख विनियोजन गरेको छ ।

फरक राजनीतिक दल र आस्था प्रतिनिधि चुनिएर आएको भएतापनि विकासका मुद्दामा सबै एक ठाउँमा उभिनुको विकल्प नरहेको गाउँपालिका अध्यक्ष तथा सांसद उदय शमसेरको भनाइ थियो । 

कार्यक्रममा स्थानीय स्तरका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिकको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला लामा तामाङले बजेट प्रस्तुत गरेका थिइन् भने कार्यक्रमको सञ्चालन महाङ्काल गाउँपालिकाका कार्यकारी अधिकृत राजन थापाले गरेका थिए ।


विशेष