News

१५ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस, सर्वेन्द्र पहिलो नम्बरमा (सूचीसहित)

१५ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस, सर्वेन्द्र पहिलो नम्बरमा (सूचीसहित)

असार – ३१ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

सूचीमा रमेश खरेललाई पछि पार्दै सर्वेन्द्र खनाल पहिलो नम्बरमा परेका छन् भने दोस्रो नम्बरमा रमेश खरेल छन् । डीआईजीका लागि बढुवा सिफारिस हुनेहरुमा काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशी र ललितपुर प्रहरी प्रमुख ठूले राई पनि छन् ।

एसएसपीहरु पुष्कर कार्की, उत्तमकुमार कार्की, भोगबहादुर थापा, पुस्कलराज रेग्मी, पवनप्रसाद खरेल, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, शारद चन्द, धरु बस्नेत र पुष्पचन्द्र रंजित र सुरेश विक्रम शाहलाई पनि डीआईजीमा बढुवा गर्न सिफरिस गरिएको छ ।

विशेष