विदेश मुख्य समाचार

चीनको मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्षको जेल सजाय

चीनको मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्षको जेल सजाय

असार ३१ – चीनको विषेश प्रशासनिक क्षेत्र मकाउका पूर्व महान्यायाधिवक्ता हो चिओ मेङलाई २१ वर्षको जेल सजाय सुनाइएको छ ।
विषेश प्रशासनिक क्षेत्रको अदालतले अन्तिम फैसला भन्दै २१ वर्ष जेल सजाय तोकेको हो ।

चिओ मेङले लामो समयसम्म धेरै नियम कानून उलङ्घन गरेकाले उहाँविरुद्धको मुद्दा निकै जटिल बनेको न्यायाधीशहरूले ठहर गरेका छन् । उहाँको जस्तो अवस्था दुर्लभ र अपवाद जस्तो भएको पनि न्यायाधीशहरूको बुझाई छ ।

मकाउ प्रशासनिक क्षेत्रको एउटा सार्वजनिक निकायको प्रमुखको हैसियतमा चिओ मेङले लामो समय काम गर्दा पदीय जिम्मेवारी र अधिकारको दुरूपयोग गर्नुका साथै कानून र अनुशासनको उलङ्घन गरेको पाइएको छ । कानून र अनुशासनको उलङ्घन गरेको आरोप लागेपछि उहाँलाई सन् २०१६ को डिसेम्बरमा नियन्त्रणमा लिइएको थियो ।

विशेष