News

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ

असार ३१ । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् । विमल ढकाललाई हराउँदै उनी विजयी भएका हुन् । गुरुङले ढकाललाई ९३ मतले हराए ।

गुरुङले ४ सय ३४ मत पाए भने ढकालले ३ सय ४१ मत ल्याए । यसअघि संघको अध्यक्ष ढकाल हुदाँ गुरुङ महासचिव थिए । काठमाडौंमा भएको संघको २५ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।

कार्यसमितिमा पनि गुरुङ प्यानलकै बर्चस्व भएको छ । ढकाललाई कांग्रेस र गुरुङलाई एमाले समर्थित व्यवसायीको साथ थियो ।

कति मत ल्याएर को विजयी भए
प्रथम उपाध्यक्ष
राम प्रसाद भान्तना ४९६ (गुरुङ प्यानलबाट विजयी)
प्रज्ञान न्यौपाने ३१०
द्धितिय उपाध्यक्ष
भुवन गुरुङ ४०७ (ढकाल प्यानल विजयी)
सुवर्ण श्रेष्ठ ३६२
तृतिय उपाध्यक्ष
शुक्र पाख्रिन ४३२ (गुरुङ प्यानलबाट विजयी)
नवल किशोर यादव ३६१
महासचिव
नरेश गेलाल ४४९ (गुरुङ प्यानलबाट विजयी)
सुजित श्रेष्ठ ३७८
सचिव
इश्वर जिसी ४०० (गुरुङ प्यानलबाट विजयी)
विनोद केसी ३६९
कोषाध्यक्ष
राधिका कटुवाल ४०४ (ढकाल प्यानल विजयी)
रमिला ताम्रकार ३३७

विशेष