News

अब बीपी राजमार्गमा पनि राति सवारी चलाउन नपाइने

अब बीपी राजमार्गमा पनि राति सवारी चलाउन नपाइने

साउन १ । यातायात व्यवस्था विभागले आज आइतबारदेखि बीपी राजमार्गमा रातिको समयमा सार्वजनिक सवारी चलाउन नदिने भएको छ । यो राजमार्गमा रातको समयमा बढी दुर्घटना भएको भन्दै बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म सार्वजनिक सवारी चल्न रोक लगाइएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले नेपालथोक–भीमान सडक खण्डमा रातको समयमा सार्वजनिक सवारी चल्न नदिने बताए । उनले रातको समयमा रुट पर्मिट नभएका सवारी पनि चल्दा दुर्घटनाको जोखिम बढेको र सडकको अवस्था पनि बिग्रने स्थिति आएकाले यस्तो नियम ल्याइएको स्पष्ट पारे ।

यसैगरी आइतबारदेखि नै लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ ।

विभागले अब नयाँ बसपार्कबाट छुटेका सवारी साधन जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात व्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।

विशेष