News मुख्य समाचार

रामेछापमा खोलाले बगाउँदा ७ बेपत्ता, ५ घाइते

रामेछापमा खोलाले बगाउँदा ७ बेपत्ता, ५ घाइते

साउन १ । रामेछापको लिखु गाउँपालिका वडा नम्बर–२ को छत्याउनेखोलामा आएको बाढीले बगाउँदा सातजना बेपत्ता भएका छन् भने अरु पाँचजना घाइते भएका छन् ।

शनिबार राति भारी वर्षासँगै खोलामा बाढी आउँदा खोलाकिनारमा बसेका मजदुरलाई बगाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

बगाएका मजदुरको अवस्था भने खुल्न सकेको छैन । सोही खोलाको बाढीले पुल र स्थानीयको घरसमेत बगाएको छ ।

उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय खिम्तीको टोली घटनास्थल पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा छ ।

बाढीले पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्धविच्छेद भएको छ ।

विशेष