विदेश मुख्य समाचार

रंगशालामा झडप, पर्खाल भत्कँदा ८ जनाको ज्यान गयो

रंगशालामा झडप, पर्खाल भत्कँदा ८ जनाको ज्यान गयो


साउन १ । सेनेगलमा फुटबल रंगशालाको पर्खाल भत्कँदा ८ जनाको मृत्यु भएको छ भने अरु कम्तीमा ४९ जना घाइते भएका छन् ।

सेनेगलको राजधानी डकारमा रहेको डेम्बा दियोप रंगशालामा स्टेड द एमबोर र युनियन स्पोर्टिभ क्वाकमबीच खेल भइरहेको समयमा फुटबल हेर्न पुगेका केही र प्रहरीबीच झडप हुँदा भागदौड मच्चिएको र सोहीक्रममा पर्खाल भत्केको बताइएको छ ।

झडपकैक्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रयोग गरेको थियो । घाइतेको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

विशेष